पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या

तक्षशिला । पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्वसदस्य मलिक शहान हक्मीन खानलाई बुधवार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।
पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेको बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो । आक्रमणपछि उनलाई जिल्ला सदरमुकामस्थित एक अस्पताल लगिएको थियो तर पछि थप उपचारका लागि उनलाई एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा निधन भएको हो ।
“हामी डिएचक्यू अस्पताल रावलपिंडी नजिकै पुगेका थियौं तर अस्पतालमा पुग्नुअघि उहाँको देहावसान भयो,” पाकिस्तानी सञ्चारमाध्यमले जिल्ला आपतकालीन अधिकारी इशफाक मियांलाई उद्धृत गरी लेखेको छ । प्रान्तीय विधानसभाका पूर्व उम्मेद्वार र हक्मीन खानका निकटस्थ मलिक हमीद अकबर खानले मृतक नेताको टाउकोमा गोली हानिएको थियो ।
घाउबाट धेरै रगत बगेपछि उनको मृत्यु भएको खानले बताए । पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित भएका थिए । उनी आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य भएका थिए ।
पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्वीट गरेर उनको मृत्युमा शोक व्यक्त गर्दै भनेका छन्, “शहन हक्मीनको हत्याको खबर सुन्दा म धेरै दुखी छु र शोकमग्न भएको छु । आफ्नो स्वर्गीय बुबा मलिक हकमिन जस्ता आस्तिक पीपीपी नेताको हत्यारालाई सजायँ दिनुपर्छ र मृतकका आफन्तजनलाई न्याय हुनुपर्छ ।”
खानका श्रीमती र दुई छोरा छन् । उनको पार्थिव घर पुग्ने बित्तिकै ठूलो संख्यामा समर्थक, प्रशंसक, पार्टी कार्यकर्ता र नेताहरू मृतकको परिवारसँग सहानुभूति प्रकट गर्न घरसम्म पुगेका थिए । प्रहरी स्रोतका अनुसार उनलाई सम्पत्तीसम्बन्धी विवादमा १९–वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार हत्यामा सम्लग्न रहेको आरोपमा संदिग्धलाई पक्राउ गरी अनुसन्धानको लागि सुरक्षा नियन्त्रणमा राखिएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया