कार्यदलले एमाले विवाद समाधान गर्नेमा ‘आशंका’
घनश्याम भुसाल भन्छन्– १० दिनयता कुनै प्रगति छैन
ओली पक्षले आज सहमति हुने दाबी गरेपनि सिंहरबारमा बसेकाे बैठक विषय प्रवेश नै नगरी टुंगिएकाे छ ।

काठमाडौं । नेकपा (एमाले) भित्र देखिएको विवाद समाधानउन्मुख भएको भनिए पनि विवाद समाधानका लागि गठित गठित कार्यदलले अझै सहमतिको खाका टुंग्याउन सकेको छैन ।
ओली र नेपाल पक्षका कार्यदलका सदस्यले पटकपटक सहमतिको नजिक पुगेको दाबी गरेपनि लगातारको बैठकले कुनै निष्कर्ष निकाल्न नसक्दा कार्यदले विवाद समाधान गर्नेमा आशंका बढेकाे छ ।
दुई पक्ष सहमति नजिक पुगेकाे र आजै संयुक्त वक्तव्य आउने भनी ओली पक्षले बारम्बार भन्दै आए पनि सिंहदरबारमा साँझ बसेकाे बैठक विषय प्रवेश नै नगरी टुंगिएकाे छ ।
ओली पक्षबाट कार्यदलमा रहेका अर्थमन्त्री विष्णु पाैडेल उपस्थित नभएपछि नेताहरू भाेलि बिहान पुनः बैठक बस्ने भन्दै उठेका हुन् । अर्थमन्त्री पाैडेल कार्यदलकाे बैठक छाडेर मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए ।
ओली पक्षले नेपाल पक्षसँग करिबकरिब सहमति भइसकेको दाबी गर्दै आएको भए पनि ओली पक्षको उक्त दाबी नेपाल पक्षले खण्डन गरेको छ । नेपाल पक्षबाट कार्यदलमा रहेका एमाले उपमहासचिव घनश्याम भुसालले १० दिनयता कार्यदलस्तरमा कुनै प्रगति नभएको बताए ।
“यसबीचमा धेरै औपचारिक अनौपचारिक कुराकानी भए, कार्यदलस्तरमा पनि पटकपटक छलफल भए”, उनले भने ‘१० दिनदेखि हमी जहाँको त्यहीँ छौं । टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौं ।’
ओली पक्षबाट कार्यदलको सदस्य रहेका सुवाचन्द्र नेम्वाङले कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको स्वीकारे । भोलि बिहान ११ः३० बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने उनको भनाइ छ ।
भोलिको कार्यदललको बैठकले निष्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे । अहिलेसम्म दुई पक्षबीच भइरहेको सहमति नजिकका विषयबारे उनले उल्लेख गर्न चाहेनन् ।
















4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया