बाढी पहिरोको बीमामा २ अर्ब माग

काठमाडौं । देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा झन्डै २ अर्बको माग दाबी परेको छ । २० वटै निर्जीवन कम्पनीमा गरेर कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार बराबरको माग दाबी परेको बीमा समितिले जनाएको छ ।
अविरल वर्षा सुरु भएपछि हिजो बिहिबार असार २४ गतेसम्मको अवधिमा सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा, र विविध बिमा अन्तर्गत बिमितहरुबाट ३ सय ३१ वटा बीमाको माग दाबि परेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार कुल माग दावी मध्ये १ सय ४१ वटा सम्पति बीमाको बीमा मागदावी ६९ करोड ३६ लाख, ३३ वटा मोटर बीमाको मागदावी ४ करोड ७५ लाख, ५ वटा सामुन्द्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशु पन्क्षी बीमाको २ करोड ३८ लाख र विविध तर्फ २ वटा बीमाको १ करोड ५५ लाख निर्जीवन बीमा मागदाबी परेको हो ।
इन्जिनियरिङ बीमा तर्फ क्षति भएका १ सय ७ वटा निर्माणाधीन आयोजन बीमाको मागदावी ९० करोड ७ लाख, ८ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वेपमेन्ट बीमाको ८ करोड ८४ लाख र अन्य ६ वटा बीमाको १ करोड ५३ लाखको माग दावी परेको समितिले जानकारी दिएको हो ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया