पूर्व माओवादी नेताले मागे माओवादी केन्द्र खारेजीको माग

काठमाडौँ । माओवादी केन्द्र अवैधानिक रहेकाे भन्दै खारेज गर्न निर्वाचन आयाेगमा उजुरी दर्ता गरेका एमाले प्रवेश गरेका पूर्व माओवादी खेमाका नेताहरू आयोग गएका छन् । अधिवक्ता सराेध बुढाथोकीसहित पूर्व माओवादी नेताहरू आयाेग पुगेका हुन् ।
बुढाथोकीले बुधबार आयोगमा उजुरी दर्ता गरेका थिए । नेकपा माओवादी केन्द्रले पुनः विधान संशाेधन गरेर आयोगमा दर्ता गराएको पाएपछि त्यसकाे प्रमाणित प्रति माग्न निर्वाचन आयोग जान लागेकाे उनले मेरो न्युजलाई जानकारी दिए ।
आयोगमा छलफल गर्न आफूहरू जान लागेकाे एमाले प्रवेश गरेका पूर्व माओवादी नेता गौरीशंकर चौधरीले जानकारी दिए । माओवादी खेमाका एमाले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोगमा जान लागेका हुन् ।
रायमाझी, साह, थापा, चौधरी र लेखराज भट्ट माओवादीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीहरुलाई माओवादीले दल त्याग गरेपछि कारबाही गरेको थियो । उक्त कारबाही र पार्टी नै अवैधानिक भएको भन्दै उनीहरु निर्वाचन आयोग गएका हुन् ।
अधिवक्ता बुढाथोकी बिहीबार पनि आयाेगमा पुगेका थिए । उनले बिहीबार आपसी सहमतिमा छुट्टिन खोजेको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिती पनि अवैध रहेकाे भन्दै विधान राजनीतिक प्रतिवेदनहरू माग गरेका थिए ।
‘माओवादी केन्द्रमा मात्रै हाेइन जसपाकाे केन्द्रीय कार्यकारिणी समिती पनि अवैध देखियो, राप्रपा पनि उस्तै अवस्थामा रहेकाे छ, जसपाको विधान प्रतिवेदन मागेकाे छु,’ अधिवक्ता बुढाथाेकीले भने, ‘माओवादी केन्द्रले नयाँ विधान पेश गरेकाे रहेछ, त्याे माग्न र थप छलफल गर्न आयाेग जाने लागेकाे हुँ ।’
नेकपा एमालेकाे विषयमा भने उनले खुलेर बोल्न चाहेनन् । ‘वैशाखमा महाधिवेशन गर्दा एमाले पनि अवैध चाहिँ हुन्छ,’ उनले भने
















बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया