नेपालगञ्ज उपमहानगरपालिकाले ‘वाटरपार्क’ सञ्चालन गर्दै

नेपालगञ्ज । धम्बोझीमा रहेको वाटरपार्कलाई नेपालगञ्ज उपमहानगरपालिकाकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये करिब आठ बिघा क्षेत्रमा तलाउ छ ।
पार्कको काम सम्पन्न भई उपमहानगरलाई हस्तान्तरण गरिए पनि अन्य काममा केही ढिलाइ हुन गएको छ । कोरोना महामारीपछिको बन्दाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ । पार्क क्षेत्रको तलाउमा नौकाविहार सञ्चालन तथा माछापालनका लागि ठेक्कासमेत भइसकेको वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताए । पार्कमा आकर्षक र मनमोहक फूलबारी, व्यापारिक प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण धमाधम भइरहेका छन् ।
निर्माण कार्य छिटोछरितो गर्नका लागि पाँच ब्लक छुट्याइएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि छ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै यहाँको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया जोड्ने निर्माणाधीन २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ । सो वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो ।
विसं २०६५ मा शुरु गरिएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माणमा ढिलाइ भएको हो । जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ । यो योजनाको अनुमानित लागत ८४ करोड छ ।
वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउनेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल तथा सर्वसाधारणसमेत एकमत छन् ।
















संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया