बाख्राभन्दा सानो गाई हेर्नेको भिड, जम्मा तौल २८ किलो
मेरोन्यूज
२०७८ असार २५ गते १३:५५

काठमाडौँ । बंगलादेशमा सामान्य बाख्राभन्दा सानो गाई चर्चामा आएको छ । यो विश्वको सबैभन्दा सानो गाईका रूपमा चर्चामा आएको हो ।
करिब २३ महिनाको उक्त गाईको उचाई ५१ सेन्टिमिटर रहेको छ भने २८ किलो ग्राम तौल रहेको छ । किसानले उक्त गाईको नाम रानी राखिदिएका छन् । गाई हेर्नका लागि कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका बीच १५ हजारभन्दा बढी सर्वसाधरण आइसकेका छन् ।

विश्वको सबैभन्दा सानो गाईका रूपमा रानीलाई गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राख्ने तयारी भइरहेको समाचारमा जनाइएको छ । एजेन्सी
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया