एमालेभित्रको माओवादी खेमाका नेताले गरे निर्वाचन आयाेगसँग छलफल

काठमाडौं । माओवादी खेमाका नेकपा एमाले नेताहरुले निर्वाचन आयाेगमा पुगेर छलफल गरेका छन् । शुक्रबार बिहना ११ बजे निर्वाचन आयोग गएका उनीहरूले निर्वाचन आयुक्तसँग छलफल गरेका हुन् ।
उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेर निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । उनीहरूले बुधबार अधिवक्ता सरोज बुढाथोकीमार्फत माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।
निवेदनमा भइरहेको प्रगतिबारे बुझ्न टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आयोग गएका हुन् । निवदेनबारे आयोगमा छलफल गरेको नेता चौधरीले बताए । उनले निर्वाचन आयोगलाई डर नमानेर काम गर्न आग्रह गरेको र थप प्रमाण चाहे आफूहरु दिन तयार रहेको बताए ।
माओवादी दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि माओवादीले उनीहरूको सांसद पद खारेज गरेको थियो । त्यसपछि उनीहरू माओवादी पार्टी र आफूहरूलाई गरेको कारबाही अवैध भएको भन्दै आयोग गएका थिए ।
















रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया