माओवादी छापामार शैलीमा चलेको छ : पूर्व माओवादी नेता रायमाझी (भिडियोसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलेको आरोप लगाएका छन् । शुक्रबार माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्न पुगेका उनले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनभन्दा छापामार शैलीमा चलेको आरोप लगाएका हुन् ।
नेता रायमाझीले विगत २९ वर्षदेखि माओवादी पार्टीमा महाधिवेशन नभएको तर २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको आरोप लगाएका छन् । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गर्न नपाउने दाबी गरे ।
‘माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चलिरहेको छैन, एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार शैलीमा चलिरहेको छ, करिब २८, २९ वर्षदेखि कुनै महाधिवेशन भएको थिएन,’ उनले भने, ‘एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको, अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन, एमाले, माओवादीको एकतालाई शून्य समय माने पनि करिब ७ वर्ष भयो, राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नु पर्ने भनेको छ ।’
उनले माओवादीले अद्यावद्यिक नगरेको भन्दै यस्तो पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न नसक्ने बताए । ‘संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्येक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?,’ उनले प्रश्न गरे ।
राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउन आफूहरूले माओवादी केन्द्र खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएको नेता रायमाझीले जानकारी दिए । उनले भने, ‘पार्टी संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्छ, त्यो नभए देशमा अराजकता, अस्थिरता द्वन्द चलिरहेको छ, राजनीतिक पार्टीहरुका बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, व्यक्तिवादी तरिकाले पार्टी चलाउने तथा अनुशासनहिन तरिकाले पार्टी चलाउने जुन किसिमले भइरहेको छ, देशको राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउन हामीले यो पहलकदमी अगाडि बढाएका छौँ ।’
नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरू मणि थापा, प्रभु शाहलगायत गएका थिए । उनीहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले जानकारी दिए ।
















शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया