५ एआईजीहरुको सरुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी)को सरुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयले चार एआईजीको सरुवा र एक एआईजीको पदस्थपनका लागि मन्त्रीपरिषदमा सिफारीस गरेको हो । स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा निरज शाहीलाई सरुवा गर्न सिफारिस गरेको छ । भने यसअघि मेट्रोमा कार्यरत हरिबहादुर पाललाई अपराध अनुसन्धान विभागमा सरुवाको सिफारिस गरेको छ ।
यस्तै प्रद्युम्न कार्की कार्य विभागमा सरुवा गरिएको, विश्वराज पोखरेललाई मानव श्रोत तथा प्रशासन विभागमा सरुवा गर्न सिफरीस गरिएको हो । भर्खरै मात्र बढुवा भएका सहकुल थापालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पदस्थापन गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।
विहीबारको मन्त्रिपरिषद बैठकमा पुगेको उक्त प्रस्तावलाई निर्णयसहित कार्यान्वयनको अन्तिम चरणमा रहेको उच्च स्रोतले पुष्टि गरेको छ । गृहले सरुवा सिफारिस गरेको प्रस्तावमा असन्तुष्ट भएका केही एआईजीहरुले मन्त्रिपरिषदमा नै आफ्नो हेरफेरको प्रयास गरिरहेको स्रोतले जनाएको छ ।
















महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
भारतको हिरासतमा दुई जनाको हत्या गरेको आरोपमा ९ जना प्रहरीलाई मृत्यु दण्डको सजाए
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया