प्रतिनिधिसभा विघटन मुद्दा फैसलाको प्रतिक्षा
सुस्त राजनीति, तरंगित नेता
प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले फैसलाको अन्तिम तयारी गरिरहेका बेला नेताहरुमा ढुकढुकी र छटपटी बढ्न थालेको छ ।

– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नियमित काम र पार्टी आन्तरिक विवाद मिलाउनमै व्यस्त ।
– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी महाधिवेशनको चटारोमा । निकट नेताहरुसँग यदाकदा छलफलमा ।
– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) घरमै आउने नेता–कार्यकर्तासँगको छलफलमा । एकाध बाहिरी राजनीतिक भेटघाट ।
प्रमुख तीन राजनीतिक पार्टीका शीर्ष नेताका पछिल्ला केही दिन यताका दैनिकी हुन् – यी । शनिबार प्रधानमन्त्री केपी ओली सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा निस्किए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेकै वरिष्ठ नेता माधव नेपाल र त्यसपछि कांग्रेस सभापति शेरवहादुर देउवासँगको छलफलबाहेक घरमै आएका नेता- कार्यकर्तासगै गफिएर बिताए ।
देउवाको अवस्था पनि त्यस्तै हो । शुक्रबार मात्रै २७ औं वैवाहिक वर्षगाँठ निवासमै मनाएका देउवा पार्टी महाधिवेशनकै केही आन्तरिक तयारीमै थिए । शनिबार उनले पनि आफूलाई भेट्न निवासमै आएका प्रचण्डसँग केही समय छलफल गरे ।
त्यसबाहेक देशको राजनीतिमा प्रभाव जमाउन सक्ने यी शीर्ष नेताहरुका दैनिकीमा नयाँपन केही छैन ।
पहिलो पटक प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरिदिँदा पक्ष/विपक्षमा विरोध प्रर्दशन गरेका ओली-प्रचण्ड मात्रै होइन, देउवा समेत आफ्नै काममा व्यस्त हुने गरेका थिए ।
यो पटक दोहोर्याएर संसद विघटन गर्ने काम प्रधानमन्त्रीले राष्ट्रपतिसम्मको साथ लिएर गरेका छन् । पहिलेकै जस्तो दलहरु सर्वाेच्च पुगेका छन् । यसपटक कांग्रेससमेत स्वयम् ओलीको त्यस्तो कदमको विपषमा मोर्चाबन्दी गरेरै आन्दोलनमा छ । तर उनीहरुले यो पटक सडकमा जवस-मोर्चाका एकाध संर्घषका कार्यक्रमबाहेक आन्दोलनको पक्ष/विपक्षमा दौडादौड गर्नुपर्ने बाध्यता नेताहरुलाई छैन । कोरोना महामारीका कारण पनि पहिले जस्तो सडकमै आउने वातावरण बनेको छैन ।
प्रधानमन्त्री ओलीलाई आफैंले दोहोर्याएर गरेको प्रतिनिधिसभा विघटन सदर भए आफूले गरेको काम संविधान सम्मत छ भनी सावित गर्नुछ ।
कांग्रेस सभापति देउवालाई आफूले जुटाएको १४६ सांसदको बहुमत देखाएर फेरि पाँचौ पटक प्रधानमन्त्री बन्नु छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीले यो बीचमा पेलेको र निचोरेको बदला लिनु छ ।
तर यी तीनै नेताको चाहनामध्ये कसको कुरालाई सहिसावित गर्ने भन्ने विषय सर्वोच्च अदालतका पाँच न्याय मूर्तीको विवेकमा छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे फैसला गर्दै छ । असार ९ बाट नियमित संवैधानिक इजालसमा वहस गराएर अदालतले २१ गते २८ गत सम्मलाई इजालस रोकेर बसेको छ । हेर्दाहेर्दैमा मुद्दालाई राखेर वसेको सर्वाेच्चले सोमबार नै निर्णय दिन पनि सक्छ, नभए ३१ असार सम्ममा फैसला सुनाउने तयारी गरेको अदालत स्रोतको भनाई छ । निर्णय सुनाउने नभनी हेर्दाहेर्देमा मुद्दालाई राखेको कारण भोलि नै निर्णय आउने, नआउनेमा भने यसै भन्न सकिने अवस्था भने छैन ।
जसकाकारण पनि नेताहरुमा सन्नटा छाएको छ । तर त्यसमध्ये कोही कसैले केही बाेलिहाले र भेटिहाले भने फेरि एकातिर मात्रै होइन, तिन तिरैको (बालुबाटार, बूढानीलकन्ठ र खुमलटार) नेताहरु र उनीहरुका निवास क्षणभरमै तरंगित हुने अवस्था छ ।
राजनीतिक गतिविधि ठप्प, फुर्सदिला नेता
सर्वोच्च अदालतमा बहस सकिएलगतै राजनीतिक गतिविधि शून्यतामा छ । शीर्ष नेताहरु नै अदालतको निर्णय पर्खेर आफ्नै निवासमा फुर्सदिला नेता भएर बसेका छन् ।
दौडधुप बाक्लो छैन । घरमा आउने नेता कार्यकर्तासँग सामान्य भेटघाट गर्ने, केही आन्तरिक भेटघाट गर्ने, पार्टीभित्रको आन्तरिक विवाद मिलाउन प्रयास गर्ने बाहेक प्रमुख नेताहरुकै गतिविधि पनि सुस्ततामा पुगेको छ । सधैँजसो सार्वजनिक कार्यक्रममा देखिने शीर्ष नेताहरु अहिले भने कार्यक्रममा पनि देखिँदैनन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली बालुवाटारस्थित सरकारी निवासकै आन्तरिक काममा व्यस्त छन् । उनी शनिबार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरुको अवस्था र त्यहाको राहतलगायत कार्यक्रमका लागि मेलम्ची पुगेका छन् । प्रचण्ड भने शनिबार माधव नेपालसँग डेढ घण्टा भेटेपछि देउवा निवासमा पुगेका छन् । अरुको भन्दा छटपटी प्रचण्डमै देखिन्छ । उनी यदाकदा नेताहरुसँगको भेटघाटमा दौडिरहेका छन् ।
तर उनी पनि पहिलेको तुलनामा निक्कै फूर्सदिला बनेका छन् । तीन शीर्ष नेताको सचिवालयका अनुसार नेताहरु पहिलाकोभन्दा धेरै फुर्सदिला छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको काम र नियमित कार्यममा सहभागी हुने गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित काम, पार्टी एकताको काम, अध्ययन तथा भेटघाटमा हुने गरेका छन् ।
यस्तै कांग्रेस सभापति देउवा पार्टीको महाधिवेशनमा लागेका छन् । देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार उनी महाधिवेशनको तयारीमा रहेका छन् । उनले भने, ‘सभापति अहिले महाधिवेशनको काममा लाग्नु भएको छ । कार्यकर्तासँग भेटघाट, आफ्नो पक्षमा बलियो माहोल बनाउन लाग्नु भएको छ ।’
माओवादी अध्यक्ष प्रचण्ड अध्यनमा लागेका छन् । उनका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) का अनुसार पार्टीको कार्यदल बैठक चलिरहेको छ । उनले भने, ‘पार्टीको कार्यदल बसिरहेको छ । अरु अध्ययन गर्ने । खेलकूद खेल्ने गरिरहनु भएको छ ।’
बढ्दो छटपटी
सर्वाेच्चले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको परामादेश के गर्ला भन्ने उत्तिकै खुल्दुली छ ।
नेताहरुलाई सर्वोच्चले के फैसला गर्छ भनेर ढुक्ढुकी बढ्न थालेको छ । छटपटी पनि उत्तिकै बढेको छ । फुर्सदिला जस्ता देखिए पनि मन थिरमा देखिदैन । असान्त मन कहिले कता कहिले कता ? कुनै नेताले केही टिप्पणी गरे भने या केही गतिविधि अगाडि बढ्यो भने के गर्ने भनेर निक्कै चनाखो अवस्थामा उनीहरु देखिन्छन् ।
जस्तोकी एमालेभित्र विवाद मिल्ने गरी सहमति नजिक पुग्यो रे भन्ने बित्तिकै प्रचण्ड नेपाल निवास एमाले मिल्न लागेकै हो ? भन्ने प्रश्न सोध्न पुगेका थिए । नेपालसँगको छलफललगत्तै उनी कांगेस सभापति देउवाको निवास पनि पुगे ।
यो तरंगित राजनीतिको एउटा पाटो मात्र हो ।
ओली सर्वोच्चको फैसला आउनुभन्दा अगाडि नै पार्टी मिलाउनु पर्छ भन्नेमा पुगेका छन् । उनले सर्वोच्चको फैसलालाई नै मध्यनजर गरी पार्टीलाई मिलाउन पार्टीका कमिटी २ जेठ २०७५ को अवस्थामा फर्काएका छन् भने नेपाल पक्षलाई सहमतिमा ल्याउन उनी पछिल्लो समयमा लचिलो देखिन खोजेका छन् ।
यस्तै प्रचण्ड पनि सर्वोच्चको फैसलालाई मध्यनजर गर्दै नेपालसँग पटकपटक भेटवार्ता गर्दै आएका छन् । यता देउवा पनि सबैसँग छलफलमा रहेको बुझिएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया