पौडेलद्धारा क्रियाशील छानविन समितिको काम बारे जानकारी

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् ।
क्रियाशिल सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन् । पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनिय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए ।
क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।
कृयासील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले हालसम्म छानबिन प्रक्रियामा भएको प्रगतिबारे पौडेललाई जानकारी गराएका थिए । असार ३० गतेसम्म छानबिन पूरा गरी सक्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । सहमतिमा नै सम्पुर्ण बिवाद टुंगोमा पुर्याउने भन्दै लेखकले ५७ जिल्लाको नामावली छापिसकेको र ६४ जिल्लाको नामावली टुङ्गो लागिसकेको जानकारी गराएका थिए ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया