पौडेलद्धारा क्रियाशील छानविन समितिको काम बारे जानकारी

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् ।
क्रियाशिल सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन् । पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनिय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए ।
क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।
कृयासील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले हालसम्म छानबिन प्रक्रियामा भएको प्रगतिबारे पौडेललाई जानकारी गराएका थिए । असार ३० गतेसम्म छानबिन पूरा गरी सक्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । सहमतिमा नै सम्पुर्ण बिवाद टुंगोमा पुर्याउने भन्दै लेखकले ५७ जिल्लाको नामावली छापिसकेको र ६४ जिल्लाको नामावली टुङ्गो लागिसकेको जानकारी गराएका थिए ।
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया