डाक्टरले बिरामीलाई गर्ने व्यवहारमा परिर्वतन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको हव बनाउँनुपर्ने बताएका छन् । उनले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
डाक्टरले बिरामीहरुलाई गर्ने व्यवहारमा पनि परिर्वतन गर्नुपर्ने बताए । उनले आफ्नो अनुभव सुनाउँदै भने म आफै लामो समयसम्म बिरामी भएकाले धेरै डाक्टरसँग सम्पर्क भएको हुदाँ कतिपय डाक्टरले भनेका कुराले आफुलाई पनि बिझाएको छ । मैले त त्यसलाई बिझाए नि सामान्य रुपमा लिए तर सबै बिरामीले त्यस्तो लिदैन, त्यस्ता कुरामा डाक्टरहरु पनि सचेत हुनुपर्ने उनले बताए ।
आवश्कता बिना उपकरण खरिद नगर्न उनले आग्रह गरे । उनले भने, “सडकमा फार्किएका सामान त रिसाईकल गरेर चलाउँछौ भने काम नभएका सामान औषधि उपकरण खरिद गरेर थन्काउँने काम गदै नगरौँ ।”
नेपाल स्वास्थ्य क्षेत्र धेरै अगाडी बढेको उनले बताए ।
यसैगरी,“हाम्रा पुर्वजले नचाखेको कुनै हाँगा छैन होला,” उनले भने, “त्यसको आधारमा औषधिविज्ञानमा काम भएको पाइन्छ । साढे दुईहजार वर्षअघि शल्यक्रिया नेपालमै विकास भएको थियो । तर बीचमा गलत मनसाय बढ्यो । औषधि विज्ञान पछि कुखुराको भाले मन्साउने अवस्थामा पुग्यो । गलत मनोविज्ञान देखियो । मन्साएर भुत भाग्छ, मसान भाग्छ भन्ने अवस्थामा नपुगेको भए यो अवस्था आउने थिएन ।”तर अहिले नेपालको स्वास्थ्य प्रणाली धेरै अघि पुगेको बताए ।










प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया