मनाङेलाई युवा तथा खेलकुद र आचार्यलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । लामो रसाकस्सीपछि विना विभागीय मन्त्रीहरु मन्त्रालयमा जान तयार भएका हुन् ।
पोखरेल मुख्यमन्त्री भएपछि आफ्नो मन्त्रिपरिषद्मा चार जनालाई विना विभागिय मन्त्री बनाएका थिए । उनले यसअघि दुई जनालाई मन्त्रालयको जिम्मेवादी दिइसकेका छन् भने बाँकी दुई जनालाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनले दिपक मनाङे र हरिशरण आचार्यलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मनाङेलाई युवा तथा खुलकुद मन्त्रालय र आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि मनाङले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दै आएका थिए भने आचार्यले अर्थ मन्त्रालयमा लिखित सम्झौता गरेका थिए ।
नेपाली कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी सम्हालिसकेका छन् ।
















रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया