६ घण्टादेखि एमाले कार्यदलको बैठक जारी, अझै सहमति हुन सकेन

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी रहेको छ । आजको बैठकले पार्टी विवाद समाधानको काम सक्ने नेताहरूले बताएका छन् ।
शनिबार बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक जारी रहेकाे बताएका हुन् । तर, पार्टी विवादको काम अहिलेसम्म सकिएको छैन । आज बिहान ८ बजे बस्ने भनिएको बैठक सवा ९ बजेदेखि सुरु भएको थियो ।
वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरू विवाद समाधानका लागि तयार गरेको मस्यौदा लगेर नेपाल निवास कोटेश्वर गएका थिए । तर, नेपालले मस्यौदामा अदालतलाई प्रभाव पार्ने शब्द राखेको बन्दै फिर्ता गरिदिएका थिए ।
नेपाल पक्षका कार्यदल सदस्य सिंहदरबार फर्केपछि बैठक सुरु भएको थियो । कार्यदलले आज पार्टीको सबै विवाद समाधान हुने बताइएको छ ।
















नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया