एमाले स्थायी कमिटी बैठक ४ बजे बस्ने, माधव पक्षलाई आउन आग्रह

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । केन्द्रीय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार स्थायी कमिटीको बैठक ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
स्थायी कमिटीको बैठकमा नेता माधव नेपाल पक्ष र माओवादी खेमाका स्थायी कमिटी सदस्यलाई पनि बोलाइएको छ । पार्टी एकता जोगाउन गठित कार्यदलको बैठक जारी रहँदा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । नेकपा एमालेभित्र एकताका लागि सहमति बन्न ढिलाई भइरेको छ ।
एकताका लागि कार्यदल स्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिएको थियो । तर, बिहान सवा ९ बजेबाट बसेको कार्यदलको बैठकले सहमति गरिसकेको छैन । शनिबार बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले आइतबार बिहान ८ बजे सुखद समाचार आउने बताएका थिए ।
तर, नेता माधव कुमार नेपालले कार्यदलले पार्टी एकता जोगाउन तयार गरेको मस्यौदामा अदालतलाई प्रभाव पार्न शब्द राखेको भन्दै फिर्ता गरेका थिए ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया