माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले माओवादी वैधानिक नै रहेको ठहर गरेको छ ।
माओवादी दल त्याग गरी एमालेमा प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा पार्टी खारेजको माग गर्दै निवेदन दर्ता गरेका थिए । तर, निर्वाचन आयोगको आज बसेको बैठकले उक्त निवेदन आरेज गरिदिएको छ । माओवादी केन्द्र वैधानिकता नै रहेकाले निवेदनलाई खारेज गरिएको निर्वाचन आयोगक प्रवक्ता राम कुमार श्रष्ठले मेरोन्यूजाई बताएका छन् ।
उनले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताए । अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र अवैध भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
माओवादी खेमाका एमाले नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दाबी गरेका थिए । आयोगले उनीहरुको दावीलाई अस्वीकार गरिदिएको छ ।
यस्तै, माओवादी केन्द्र आफ्नो रहेको भन्दै भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरिदिएको छ ।
















रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया