कामै नगरी रकम बाँडेर लिने अधिकृतसहित ४ जना पक्राउ
मेरोन्यूज
२०७८ असार २७ गते १७:२६

गोरखा । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ७ झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माण गर्न विनियोजन गरेको रकम काम नगरी हिनामिना गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले, इञ्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङ रहेका छन् ।
उनीहरूले आर्थिक वर्ष ०७५–०७६ मा रकम सडक निर्माण गर्न विनियोजन गरिएको रकम हिनामिना गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सडक निर्माण गर्न विनियोजन गरिएको करिब ३ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेका हुन् ।
आयोगका अनुसार अधिकृत र ठेकेदारसहित ४ जनाले कुनै काम नगरी उक्त रकम बाँडेर लिएका थिए । चारै जनालाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही गरिने आयोगले जनाएको छ ।
सम्बन्धित
















अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया