बैंक तथा वित्तीय संस्थाका शाखा कर्णालीमा २ प्रतिशत

काठमाडौं । मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारको अवस्था प्रदेशगत हेर्दा असमान देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार कर्णाली प्रदेशमा भने करिब २ प्रतिशत मात्र रहेको पाइएको छ । बागमती प्रदेशमा कुल शाखाको १ चौथाइ हिस्सा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका गरी शाखा १० हजार ६ सय ११ पुगेका छन् ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै शाखा हुनेमा बागमती प्रदेश रहेको छ, जहाँ कुल शाखाको एक तिहाइ अर्थात् २ हजार ३७ (२५ दशमलब ४७ प्रतिशत) रहेको छ । यस्तै धेरै शाखा हुने दोस्रोमा लुम्बिनीमा ९ सय ८७ र तेस्रोमा प्रदेश १ मा ९ सय २९ रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ७ सय ९३, प्रदेश २ मा ६ सय ४८, सुदूरपश्चिम प्रदेशमा ३ सय ६८ र कर्णाली प्रदेशमा २ सय १२ वटा शाखा रहेको केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए ।
सञ्चालनमा रहेको शाखामध्ये सबैभन्दा धेरै वाणिज्य बैंकका छन् । २७ वाणिज्य बैंकका शाखा संख्या ४ हजार ६ सय ९४ पुगेको छ । शाखा संख्या धेरै हुने दोस्रोमा लघुवित्त वित्तीय संस्था रहेका छन्, जसको शाखा ४ हजार ६ सय ३७ पुगेको छ । यसैगरी विकास बैंकका शाखा १ हजार १६ र लघुवित्तका २ सय ९४ रहेको छन् ।















खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
प्रतिक्रिया