आजको राशिफलः आषाढ २८ गते सोमबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २८ गते सोमबार, आषाढ शुक्लपक्षको द्वितीया तिथि, उप्रान्त तृतीया तिथि रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
बोलीमा कडापना हुने भएकाले संयमित रहनु होला । शारीरिक कमजोरीले सताउने छ । खासगरी पैतृक सम्पत्तिका विषयमा झैझगडा उत्पन्न हुने छ । पेशागत जीवन भने सकारात्मक रहने छ । आम्दानीमा थोरै बृद्धि हुने छ ।
वृष
भाग्यको बलियो साथ रहेकाले पेशागत जीवनमा लाभ मिल्ने छ । कमाईमा बृद्धि हुने छ । यात्राका विषयमा अवरोधहरु उत्पन्न हुन पुग्ने छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै पनि आक्रोशले भरिएको व्यक्तित्व हुने हुँदा व्यक्तित्वमा ह्रास आउने छ ।
मिथुन
पेशागत क्षेत्र औसत अवस्थामा रहने छ । बोलीको प्रभावकारीतामा कमि आउने छ । परिवारका सदस्यहरु बीच बादबिबाद र तनाव देखा पर्ने छ । आत्मबलले भरिएको व्यक्तित्व हुने छ । चलाखपनामा पनि बृद्धि देखा पर्ने छ ।
कर्कट
बोली प्रभावकारी नहुने भएकाले बोलीको प्रयोग संयमित भएर गर्ने तर्फ ध्यान दिनु होला । शारीरिक कमजोरीले सताउने छ । मनोबलमा पनि गिरावट आउने हुँदा दृढताको अभाव हुने छ । पेशागत जीवनमा पनि अस्थिरता उत्पन्न हुन पुग्ने छ ।
सिंह
धैर्य भएर कदमहरु चाल्नु पर्ने समय रहेको छ । लक्ष्य प्राप्तिमा केन्द्रीत हुन खोज्ने स्वाभाव भने देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद उत्पन्न हुन जाने छ । पेशागत क्षेत्रमा विभिन्न उचारचढावको सामना गर्नु पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला ।
कन्या
प्रभावकारी बोली हुने छ । भाग्य बलियो रहेका कारण सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । जसको प्रयोगबाट पेशागत उन्नतिमा मद्धत पुग्ने छ । आफ्नो पेशाप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानीमा झिनो बृद्धि देखा पर्ने छ ।
तुला
पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । धेरै जोखिम उठाउने भन्दा औसत अवस्थालाई सन्तुलित बनाई राख्न खोज्नु नै बुद्धिमानी देखिन्छ । स–साना विषयमा जुध्दाजुध्दै उर्जा खेर जाने हुँदा शारीरिक र मानसिक थकानको अनुभुति बढि हुन पुग्ने छ ।
वृश्चिक
बाणिको प्रभावकारीतामा गिरावट आउने छ । मनमा निराशाले सताउने छ । धेरै जोखिम मोल्ने समय देखिँदैन् । स–सानो विषयलाई पनि अत्यन्त संवेदनशिल ढंगले लिने हुँदा मनमा त्यसको नकारात्मक असर पर्न जाँदा खिन्नताको मात्रा बढ्न पुग्ने छ । पेशागत र व्यावसायिक जीवन औसत अवस्थामा रहने छ ।
धनु
धेरै जोखिम भन्दा भई रहेका कामहरुलाई धान्ने तर्फ शक्ति केन्द्रीत गर्नु उपयुक्त हुने छ । संयमित भएर पाइला चाल्ने बेला रहेको छ । मनमा दुविधा र अन्योलताले सताउने छ । साझेदारीमा गरिएका कामहरुबाट शुभ परिणामहरु प्राप्त हुने छ । पेशागत जीवनबाट पनि केही सकारात्मक नतिजाहरु देखा पर्दा सन्तोष मिल्ने छ ।
मकर
आँटिलो खालको व्यक्तित्व बन्ने छ । तर रिस नियन्त्रणमा ध्यान नदिए उक्त क्षमता प्रतिकुल नतिजामुखि बन्न पुग्ने छ । कमाईका विषयलाई लिएर मनमा चिन्ता र भय पैदा हुन पुग्ने छ । पेशागत जीवन औसत प्रकृतिको रहने देखिन्छ । पेशागत र व्यावसायिक कार्यका लागि धेरै जोखिम नमोल्नु उपयुक्त हुने छ ।
कुम्भ
पेशागत र व्यावसायिक जीवनमा धैर्यतापूर्वक पाइला चाल्नु होला । बौद्धिक व्यक्तित्व हुने भएकाले अरुले सम्मानित तरीकाले हेर्ने छन् । तर आफ्नो मनमा भने निकै दुविधार र अन्योलताले सताई रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । जसले गर्दा बुझ्दा बुझ्दै पनि जुध्नु पर्ने विषयमा जुध्ने तागत आउने छैन् ।
मीन
बोली प्रभावकारी हुने भएकाले चाहेका कामहरु अघि बढाउन मद्धत पुग्ने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । तर भाग्यको बलियो साथ नरहेकाले कतिपय स–साना जस्ता लाग्ने र छिट्टै अघि बढ्ने ठानिएका विषयमा उल्झनहरु देखा पर्दा मनमा खिन्नता देखा पर्न जाने छ । पेशागत क्षेत्रमा अस्थिरताहरु एकपछि अर्काे गरि आउने छन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया