प्रधानमन्त्रीले बोलाए ५ वजे स्थायी समिति बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठक बोलाएका छन् । पार्टीभित्रको विवाद मिलाउन गठित कार्यादलले १० वुँदे सहमति गरेपछि त्यसैमा रहेको अन्तिम वुादा अनुसार स्थायी समिति बैठकवाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक बोलाएका हुन् ।
वैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएका हुन् । ओलीले वैठक आह्रवान गरेको बेलासम्म प्रतिनिधीसभा विघटनका सन्दर्भमा सर्वाेच्च अदालतले पनि कुनै न कुनै निर्णय दिन सक्ने सम्भावना पनि छ ।
उनले भोलि विहान ११ वजे पनि केन्द्रीय समिति बैठक पनि वोलाएका छन् ।
तर आजको स्थायी समिति बैठकमा जाने÷नजानेमा अहिले नै भन्न सकिने अवस्था छैन । यो सहमतिका केही वुँदामा नेपाल समुहभित्रै असन्तुष्टि छ । नेपाल समुहले आफु निकट केन्द्रीय समितिको भर्चुअल वैठक पनि वोलाएका छन् । त्यसवारेमा केन्द्रीय समितिले एउटा निर्णय गरेपछि मात्र आजको वैठकका बारेमा नेपाल समुहको धारणा बनाउने तयारी यो समुहको छ ।
नेपाल आफैँले पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी कार्यदलको सहमतिलाई गलत रूपमा व्याख्या गर्न नहुने बताइरहेका छन्।
यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया