निस्दी गाउँपालिकाका वडाध्यक्ष सुनारीको मृत्यु

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालका वडाध्यक्ष न्यो बहादुर सुनारीको मंगलबार बिहान मृत्यु भएको छ ।
सुनारीलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो । ५२ वर्षीय सुनारीलाई केही दिनयता कमजोरी महशुस हुने, खाना अरुचि हुने समस्या देखिएको परिवारले जनाए । स्वास्थ्यमा जटिलता भएपछि उपचारका लागि अस्पताल ल्याइएको हो । मृतक सुनारीको मंगलबार रामपुर नगरपालिकास्थित कालीगण्डकी नदी तटमा अन्त्यष्टी गरिने स्थानीय धनबहादुर ठाडाले जानकारी दिए ।
एमाले जिल्ला सल्लाहकार परिषद सदस्य सुनारी स्थानीय राजनीतिमा लोकप्रिय नेता हुन् । साविकको मित्याल गाविस र दुर्गमका गाउ“मा उनले राजीनितक क्षेत्रमा ठूलो योगदान पु¥याएको एमाले जिल्ला अध्यक्ष नारायण आचार्यले बताए । सदरमुकाम तानसेनदेखि ७० किलोमिटर टाढा दुर्गम बस्तीमा बसेर राजनीतिका साथै शिक्षण पेशामा आवद्ध थिए । शिक्षण पेशाबाट निवृत्त भएपछि उनी राजनीतिमा बढी सक्रिय भएका हुन् । सुनारीले विगतमा इलाका इन्चार्जका साथै जिल्ला कमिटिमा रहेर काम गरेको जिल्ला अध्यक्ष आचार्यले बताए ।








सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया