निस्दी गाउँपालिकाका वडाध्यक्ष सुनारीको मृत्यु

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालका वडाध्यक्ष न्यो बहादुर सुनारीको मंगलबार बिहान मृत्यु भएको छ ।
सुनारीलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो । ५२ वर्षीय सुनारीलाई केही दिनयता कमजोरी महशुस हुने, खाना अरुचि हुने समस्या देखिएको परिवारले जनाए । स्वास्थ्यमा जटिलता भएपछि उपचारका लागि अस्पताल ल्याइएको हो । मृतक सुनारीको मंगलबार रामपुर नगरपालिकास्थित कालीगण्डकी नदी तटमा अन्त्यष्टी गरिने स्थानीय धनबहादुर ठाडाले जानकारी दिए ।
एमाले जिल्ला सल्लाहकार परिषद सदस्य सुनारी स्थानीय राजनीतिमा लोकप्रिय नेता हुन् । साविकको मित्याल गाविस र दुर्गमका गाउ“मा उनले राजीनितक क्षेत्रमा ठूलो योगदान पु¥याएको एमाले जिल्ला अध्यक्ष नारायण आचार्यले बताए । सदरमुकाम तानसेनदेखि ७० किलोमिटर टाढा दुर्गम बस्तीमा बसेर राजनीतिका साथै शिक्षण पेशामा आवद्ध थिए । शिक्षण पेशाबाट निवृत्त भएपछि उनी राजनीतिमा बढी सक्रिय भएका हुन् । सुनारीले विगतमा इलाका इन्चार्जका साथै जिल्ला कमिटिमा रहेर काम गरेको जिल्ला अध्यक्ष आचार्यले बताए ।















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया