जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने
मेरोन्यूज
२०७८ असार २९ गते १४:४३

काठमाडौं । जापानले नेपाललाई करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप दिने बताएको छ । यसअघि जापानले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो ।
जसमा नेपाललाई १६ लाख डोज खोप दिएको हो । जापानले एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप नेपाललाई दिन लागेको हो । यो खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई पनि लगाउन मिल्छ ।
जापानी दूतावासका अनुसार खोप नेपाल एक महिनाभित्र आइपुग्ने छ । नेपालका लागि जापानी राजदूत युटाका किकुटाले खोप अनुदानमा दिने निर्णयले नेपाल र जापानको लामो समयदेखिको मैत्री सम्बन्ध झल्किएको बताएका छन् ।
सम्बन्धित















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया