ओली सत्ताबाट बाहिरिएपछि प्रचण्ड भेट्न खुमलटार पुगे विप्लब
मेरोन्यूज
२०७८ असार ३० गते १८:१९

काठमाडाैं । केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि नेकपाका महासचिव नेत्रबिक्रम चन्द नेकपा (माओवादी केन्द्र)का अध्यक्ष भेट्न खुमलटार पुगेका छन् । उनी बुधबार अपराह्न प्रचण्डलाई भेट्न निवासमै पुगेका हुन् ।
विप्लवका साथमा नेकपाका नेता धर्मेन्द्र बाँस्ताेला पनि प्रचण्ड निवास पुगेका छन् । ओली सरकारले विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत भएका थिए । पछि उनै ओलीका पालामा सरकारसँग तीनबुँदे सहमति गरी विप्लव खुला राजनीतिमा आएका थिए ।
सरकार र विप्लवबीच भएकाे सहमतिअनुसार अझै विप्लवका कतिपय कार्यकर्ता जेलबाट छुटेका छैनन् । उनी आफ्ना कार्यकर्ता रिहाइलगायत समसामियक राजनीतक परिस्थितिका बारेमा छलफल गर्न खुमलटार पुगेकाे स्राेतकाे दाबी छ ।
सम्बन्धित















राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया