पूर्वराष्ट्रपति बुसले भने-अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाको गलत निर्णय

बर्लिन । पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् । उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताए ।
“मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रमजारी रहनेछ,’ बुशले जर्मन प्रसारक ड्युसे भेलेलाई भने । उनले भने, “मेरो विचारमा सेना फिर्ता गल्ती थियो ।”
पूर्व रिपब्लिकन राष्ट्रपति बुसले सेप्टेम्बर ११ मा न्यू योर्कको विश्व व्यापार केन्द्रमा आक्रमण गरेपछि २००१ मा अफगानिस्तानमा सेना परिचालन गर्ने निर्णय गरेका थिए । जर्मन चान्सलर एन्जेला मर्केलले पनि स्ना फिर्ताबारे बुसको जस्तै विचार राखेका छन् ।
अमेरिक राष्ट्रपति जो बाइडेनले यसै बर्षको अगस्ट ३१ सम्ममा सेना फिर्ता प्रक्रियालाई अन्त्य गर्ने घोषणा गरेका छन् ।
















महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया