राष्ट्रपतिले तोडिन् प्रचलित अभ्यास, शपथ गराउन अस्वीकार
मेरोन्यूज
२०७८ साउन १ गते १४:४९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । उनले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेकी हुन् ।
राष्ट्रपतिले महान्यायाधिवक्तालाई शपथ खुवाउन अस्वीकार गरेसँगै सर्वोच्च अदालतमा नै शपथ गराउने व्यवस्था भएको छ । सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।
महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने प्रचलन रही आएको छ । तर, राष्ट्रपतिले उक्त अभ्यास पहिलोपटक तोडेकी हुन् ।
यसअघिका केपी शर्मा ओली सरकारले सिफारिस गरेको महान्यायाधीवक्ता रमेश बडाललाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।
सम्बन्धित
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया