जसपा विवाद
जसपामा यादव र ठाकुर पक्षको छिनोफानो हुँदै, पार्टीको आधिकारिकता पाउने आधार यी हुन

काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलासमा आजबाट छलफल सुरु हुँदै छ ।
कान्तिपथस्थित आयोगको कार्यालयमा विहान ११ बजे सुरु हुने इजलासमा दुबै पक्षका कानून व्यवसायीले राय पेश गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुबै पक्षका कानून व्यवसायीले तथ्य र प्रमाण सहितको राय दिएपछि इजलासले निर्णय गर्ने श्रेष्ठले बताए ।
राजनीतिक दल सम्वन्धी ऐनमा पार्टी फुटाउन केन्द्रयि सदस्य र संघीय सांसद कम्तिमा ४० प्रतिशत हुनुपर्ने प्रावधान छ । जसपामा यादव सहित अर्का अध्यक्ष महन्थ ठाकुर समुहले पार्टीमा आ–आफ्नै दाबी गर्दै आएका छन् ।
उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएपछि निर्वाचन आयोगले असार २२ गते दुबै पक्षलाई सहमतिका लागि बोलाएको थियो ।
ऐनमा भएको व्यवस्था अनुसार विवाद निरुपण हुन नसकेपछि आयोग पदाधिकारीको गत असार २३ गते बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।
इजलासमा ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सदस्य छन् ।
अदालती प्रक्रियाबाट अघि बढ्ने भएपछि अब जुन पक्षले मजबुद प्रमाण पेश गर्छ पार्टीको आधिकारिकता उसैले पाउने छ ।









एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया