एमाले बैठक च्यासलमा जारी, आज पनि सहभागी भएन नेपाल पक्ष

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटिको वैठक वसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाइएको केन्द्रीय समितिको एजेण्डा तय गर्न र आजै प्रधानमन्त्री शेरवहादुर देउवाले संसदमा लिन लागेको विश्वासको मतका विषयमा थप छलफल स्थायी कमिटि बैठकमा हुदैछ ।
पार्टीभित्रकै माधव नेपाल समुहले कांग्रेस सभापति शेरवहादुर देउवा लाई विश्वासको मत दिन सक्ने देखिएपछि यस वारेमा पनि आजको स्थायी कमिटि बैठकमा छलफल हुन लागेको छ ।
शुक्रवार वसेको स्थायी कमिटि र संसदीय दलको वैठकले पार्टी प्रतिपक्षमा बस्ने र देउवालाई विश्वासको मत नदिने सस्थागत निर्णय गरेको थियो । त्यस्तै सर्वाेच्च अदालतले संसद पूर्नस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको कार्यान्वयन गरेपनि त्यसले पार्ने दीर्घकालिन सर र दलीय ब्ववस्था माथी पर्न सक्ने जोखिमका वारेमा भण्डाफोर अभियान देशब्यापी चलाउने निर्णय लिएको थियो ।
एमालेले देउवालाई विश्वासको मत दिने एमालेको निर्णय नभएकोले कसैले दिएमा त्यो एमालेको सदस्य हुन नसक्ने र उसको ब्यक्तिगत धारणा हुने सम्मको चेतावनी ओलीले नेपाल पक्षलाई दिईसकेका छन् ।
एमालेको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गरेको गरेको प्रयास अनुसार कार्यदलको १० वुँदे प्रस्ताव समेत स्थायी कमिटिले यस अगाडी नै स्वामित्व ग्रहण गरेर विघटन गरिसकेको छ । कार्यादलले दिएको प्रस्तावलाई पनि उसले भोलिको केन्द्रीय कमिटिको एजेण्डा भने बनाउँदैछ ।
तर कार्यदलले प्रतिवेदन वुझाउँदा सम्म एमालेभित्र नेपाल र ओलीका वीचमा मिलाप नदेखिएपछि कार्यदलमा रहेका दोस्रो तहका नेताहरुले एकताको फेरि प्रयास गरेका थिए । त्यही क्रममा कार्यदलका सदस्यले ओलीलाई हिजै साझ वालकोटा पुगेर भेटेर केही दिन बैठक रोकेर नेपालसँग छलफल गर्न सुझाएका थिए ।
तर ओलीले नेपालले छलफलमा बस्नै नरुचाएकोले नेपालसँगै गएर कुरागर्न भनेका थिए ।

कार्यदलका सदस्यरहेका नेताहरुले आज विहान नेपाललाई समेत गएर भेटेका थिए । तर नेपालले नेताहरुको प्रस्तावमा सहमति नजनाएपछि अहिलेसममको एकता प्रयास निरर्थक रहेको बताईरहेका बेला एमाले स्थायीक मिटि बैठक शुरु भएको हो ।
बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको छ । बैठकमा नेपाल पक्ष मात्रै होइन, उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छैनन । उनी वालुवाटारमा भएको बैठकमा भने सहभागी भएका थिए । त्यसपछि फेरि बैठकमा जान छोडेका छन् ।


















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया