रामकुमारी झाँक्रीले भन्छिन – सकिन्छ एमालेले संस्थागत निर्णय गरौँ, नभए हामीले विश्वासको मत दिन्छौँ

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी हुन् ।
“हामीले ७६९५० को प्रमको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौ, ” उनले लेखेकी छिन् ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया