शुक्रबार, फागुन १, २०८२

निर्वाचन आयोगमा जसपा विवाद हेर्दाहेर्दैमा

६ गतेदेखि निरन्तर दैनिक दुई घण्टा सुनुवाइ गरिने, जसपाका सवै कागजपत्र झिकाउने

मेरोन्यूज २०७८ साउन ३ गते १७:३४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद मिलाउन निर्वाचन आयोगले दुवै पक्षलाई गरेको आग्रह सफल नभएपछि दुवै पक्ष विभाजित हुने भन्दै आयोगमा सहमत भएर फर्केपछि निर्वाचन आयोगले आधिकारिकता विवादमा आज देखि इजालस गठन गरेर सुनुवाई शुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आयोगमा प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाको अध्यक्षतामै इजालस गठन गरिएको छ । आयोगमा आज दुवै पक्षका अधिवक्ताहरुले वहसमा भाग लिएका थिए । दुवै पक्षका कानुन ब्यवसायीको वहसपछि आयोगले यस मुद्दालाई इजलासमा हेर्दाहेर्दैमा राखेको छ ।

इजालसले जसपको कागजपत्र झिकाउने निर्णय गरेको छ। त्यस्तै आयोगको इजलासले आगामी साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय गरेको छ।

६ गतेदेखि बहसका लागि दैनिक २ घन्टाको समय निर्वाचन आयोगको इजालसले छुटटाएको छ ।

प्रतिक्रिया