माधव नेपाल समूहबिनै देउवालाई विश्वासको मत पुग्ने
मेरोन्यूज
२०७८ साउन ३ गते १८:१२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै एमालेका माधव नेपाल समूहबिना नै बहुमत पुग्ने भएको छ ।
यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० सहित नेकपा एमालेको नेता नेपाल पक्षका सांसदको मत सुनिश्चित भएको थियो ।
यससँगै ठाकुर पक्षका १२ सांसदसमेत देउवाको पक्षमा हुने भएका छन् । जसले देउवाको पक्षमा एक सय ४३ भन्दा बढी मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।
सम्बन्धित
















कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया