महामारीकाबीच भक्तपूरमा ४ अर्ब ४५ करोड राजस्व असुली

भक्तपुर । कोभिड–१९ को महामारीकाबीच आन्तरिक राजश्व कार्यालय भक्तपूरले अपनाएको प्रभावकारी कार्यशैलीका कारण लक्ष्यभन्दा धेरै राजस्व असुली गरेको छ । कार्यालयले यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली गरेको हो ।
कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा ४ अर्ब ४५ करोड ८२ लाख ७६ हजार रुपैयाँ कर रकम असुली गरेको छ । जबकि सो वर्ष ४ अर्ब १७ करोड ८२ लाख रुपैयाँ कर असुली हुने लक्ष्य निर्धारण गरिएको थियो । यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली भएको कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर वि.के.ले जानकारी दिए ।
उनकाअनुसार यो वर्ष अघिल्लो वर्षको भन्दा एक अर्ब सात करोड बढी राजस्व संकलन भएको छ । राजस्वको शीर्षकगत रुपमा यसवर्ष प्राइभेट लिमिटेड कम्पनीहरुबाट ३७ करोड ७४ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ ।
यो गतवर्षको तुलनामा ९४ प्रतिशतले बढी हो । कुल संस्थागत आयकरतर्फ ८४ प्रतिशत वृद्धि भएको छ । कुल व्यक्तिगत आयकरतर्फ पनि ४५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
यस्तै, पुँजीगत लाभकर शीर्षकबाट पनि ८० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । मुल्यअभिवृद्धि करतर्फ एक अर्ब ४५ करोड ९७ लाख राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।
त्यसैगरि अन्तशुल्क पनि १२ प्रतिशतले बढेको छ । कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर वि.के.ले कर असुलीमा अपनाइएको नीतिका कारण महामारीकाबीच लक्ष्य हासिल भएको बताए । ‘हामीले नियमित रुपमा व्यवसायबाट आउनुपर्ने करको रकम असुलीमा कडाई गरेका थियौँ ।
त्यस्तै, करदाताहरुसँग रहेको बक्यौता कर रकम असुलीका लागि पनि कडाई ग¥यौँ । जसले गर्दा लक्ष्य हासिल गर्न सहज भएको हो,’ उनले भने । हाल काठमाडौँ उपत्यकामा थुप्रै आन्तरिक राजस्व कार्यालयहरु छन् । तर, अर्थ मन्त्रालयको गणनामा भक्तपुर सानो कार्यालयको रुपमा गणना गरिन्छ ।

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया