को बन्दै छन् कांग्रेसबाट उपप्रधानमन्त्री ?
उपप्रधानमन्त्री आफ्नो पक्षका तीन नेतामध्ये एकलाई दिन कांग्रेस संस्थापन इतर समूहको माग

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफू सम्बद्ध नेतालाई उपप्रधानसहितको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनु पर्ने माग प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गर्ने भएको छ । महामन्त्री शशांक कोइरालाको निवासमा बसेको संस्थापन इतर नेताहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकले महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एक जनालाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा देउवाले लैजानु पर्ने निष्कर्ष निकालेको हो ।
सुजाताले यसअगाडि आफूलाई मन्त्री बनाउन आग्रह गरिसकेकी थिइन् । महामन्त्री शशांकले पनि उपप्रधानसहित स्वास्थ्य मन्त्रालय दिएमा सरकारमा जाने गरी ग्रिन सिंग्नल देउवासँग गरिसकेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहको मागमा सम्बोधन गर्न बाध्य पार्ने गरी रणनीति बनाउने गरी आजको बैठकमा छलफल भएको सहभागी एक नेताले बताए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, अर्जुनर सिंह केसी, डा रामशरण महत, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला सहभागी थिए । शेखरले पनि यसअगाडि सुजातालाई उपप्रधानसहित सरकारमा लैजान प्रधानमन्त्री देउवासँग आग्रह गरिसकेका थिए ।
पौडेल पक्षले महाधिवेशनको सम्मुखमा नेताहरूको व्यवस्थापन गर्ने रणनीतिका आधारमा सभापतिको आकांक्षी रहेका डा. कोइराला र प्रकाशमानलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउन सकिए आफूहरूका लागि सभापतिमा बाटो खुल्ने अनुमान लगाएका छन् ।
त्यसका लागि खासगरी रामचन्द्र पौडेल र शेखर कोइरालाले त्यो रणनीति अबलम्बन गर्न खोजेको देखिएको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूसँगै अन्य मन्त्रालय बाँडफाँडको विषयमा कुनै छलफल गरेका छैनन् । विश्वासको मत पहिले लिने र त्यसपछि मात्र मन्त्रालय बाँडफाँडमा छलफल गरी भागवण्डा लगाउने तयारीमा देउवा लागेका थिए ।
आइतबार देउवाले संसदमा विश्वासको मत लिइसकेका कारण अब यही सरकार १७ महिनासम्म अगाडि जाने करिव निश्चितप्राय छ । त्यही कारण अब प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरु प्रचण्ड, उपेन्द्र बाबुराम र एमालेकै माधव नेपालसँग एक चरण छलफल गरेर सरकारको विषयमा थप निर्णय लिने तयारी गरेका छन् ।
उपप्रधानमन्त्रीमा माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम पक्षले पनि दाबी गरिरहेका छन् । देउवा पक्षकै कतिपय नेताले समेत आफूलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजानु पर्ने दबाब प्रधानमन्त्री देउवामाथि बढाइरहेका छन् ।
कांग्रेसबाट अहिले दुई जना मन्त्री भएका छन्, गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की । दुवै देउवा पक्षका नेता हुन् । संस्थापन इतरका अहिले सरकारमा नरहेकाले उनीहरूले भागबण्डाकै आधारमा भए पनि आफ्नो समूहबाट उपप्रधानमन्त्री देउवाले बनाउनु पर्ने माग संस्थापन इतर समूहको रहेको छ ।
देउवा उपप्रधानमन्त्री आफू इतर समूहबाट बनाउन तयार भएमा सुजाता, डा शशांक वा प्रकाशमानमध्ये अब एक जना बन्ने छन् ।









पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया