ऊर्जामन्त्रीसँग भारतीय राजदूत क्वात्राको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशका जनताबीच रहीआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएकी थिइन् ।
उनले नेपालको विकासमा भारत सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरिन् ।
मन्त्री भुसालले नेपाललाई विद्युत् आवश्यक परेका समयमा आयात गर्न सक्ने र बढी भएका समयमा निर्यात गर्न सक्ने अवस्था शुरु भएको भन्दै आगामी दिनमा ऊर्जा र सिंचाइका क्षेत्रमा सहज सहकार्य हुने विश्वास व्यक्त गरिन् ।
भुषालले भारतसगँ सामाजिक र संस्कृतिक क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा ती क्षेत्रमा पनि सहकार्य हुने बताइन् ।
सो अवसरमा राजदूत क्वात्रले मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रमा सहकार्य हुने बताएका थिए । उनले ऊर्जा विकासका क्षेत्रमा आफूहरु हमेशा सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरे । राजदुत क्वात्राले ऊर्जा र सिंचाइमात्र नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा नेपालसँग निरन्तर सहकार्य गर्न भारत तयार रहेको बताएका थिए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया