‘जापान पठाईदिन्छु’ भन्दै ठगी गर्ने तिन महिला सहित ४ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत नक्कलि आईडी बनाई विभिन्न व्यक्तिहरुलाई जापन वोर्किङ भिसामा जापन पठाईदिन्छु भन्दै अवैध रुपमा रकम ठगी गर्ने ४ जना पक्राउ परेका छन् ।
महानगरयि अपराध महाशाखाले अवैध रुपमा विभिन्न पीडीतहरुसँग रकम असुली गरेको अभियोगमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्दै आएका ३७ वर्षीया शुभद्रा परियार, इलामको सुर्योदय नगरपालिका ४ श्रीअन्तु घरभई काठमाडौंको नयाँबजार बस्ते ३३ वर्षीया पुजा राई, भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटी बासँवारी बस्दै आएका २१ वर्षीया दिपिका केसी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चे घर भई हाल काठमाडैंको कपन बस्दै आएका ३३ वर्षीय राजेन्द्र ढकाललाई पक्राउ गरेको हो । महानगरीय अपराध
सामजिक संजाल फेसवुकमा टानाकायोका को नामबाट फ्रेन्ड रिक्वयस्ट पठाई आफू जापानको ईमिग्रेसनमा काम गर्ने जापानको नागरिक हो भन्दै पिडितहरुसँग वोर्किङ भिसा को लागि रकम ३९ लाख ६८ हजार ९ सय ९६ नेपाली रुपैया डिपोजिट गर्न लगाई सम्पर्क विहिन भई ठगी गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाले उनिहरुलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौँ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया