महिला फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि प्रशिक्षण प्रारम्भ गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।
बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत र अनिता केसी रहेका छन् ।
यस्तै गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हिरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।
यसैगरी विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको एन्फाले जनाएको छ ।
छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्ने छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया