माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादव एमाले नेता नेपालको निवासमा
छलफलको एजेन्डा गोप्य

काठमाडौं । मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल हादाल र जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
नेता नेपाललाई भेट्न दाहाल कोटेवरस्थित नेपाल कै निवास पुगेका थिए । नेपाल र दाहालबीच करीव पौने घण्टा छलफल भए लगत्तै जसपाका अध्यक्ष यादव नेपाल नेवास पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेको नेपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ ।
मन्त्रालय भागबण्डा र विशेष गरी नेपाल पक्षलाई सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भइरहेको छ ।
नोपल पक्षको सरकारमा सहभागिताको सन्दर्भमा निर्णय आएपछि मात्र प्रधानन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
यसबीचमा जसपाको आधिकारिकता विवाद पनि निर्वाचन आयोगबाट टुंगो लाग्ने भएकाले यादव नेपाललाई भेट्न पुगेका हुन् ।
कांग्रेस सभापति देउवको नेतृत्वमा सरकार बनेसँगै सत्तारुढ दलसँगै एमालेको नेपाल समूहका नेताको दौडधुप सुरु भएको हो ।
गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका देउवा आफैं नेता नेपाललाई भेटन् उनकै निवास पुगेका थिए । नेताहरुको दौडधुप सुरु भएपनि सत्ता समिकिरणका लागि सत्तारुढ दलले नेता नेपाललाई केन्द्रमा राखेका छन् ।
















नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया