माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादव एमाले नेता नेपालको निवासमा
छलफलको एजेन्डा गोप्य

काठमाडौं । मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल हादाल र जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
नेता नेपाललाई भेट्न दाहाल कोटेवरस्थित नेपाल कै निवास पुगेका थिए । नेपाल र दाहालबीच करीव पौने घण्टा छलफल भए लगत्तै जसपाका अध्यक्ष यादव नेपाल नेवास पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेको नेपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ ।
मन्त्रालय भागबण्डा र विशेष गरी नेपाल पक्षलाई सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भइरहेको छ ।
नोपल पक्षको सरकारमा सहभागिताको सन्दर्भमा निर्णय आएपछि मात्र प्रधानन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
यसबीचमा जसपाको आधिकारिकता विवाद पनि निर्वाचन आयोगबाट टुंगो लाग्ने भएकाले यादव नेपाललाई भेट्न पुगेका हुन् ।
कांग्रेस सभापति देउवको नेतृत्वमा सरकार बनेसँगै सत्तारुढ दलसँगै एमालेको नेपाल समूहका नेताको दौडधुप सुरु भएको हो ।
गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका देउवा आफैं नेता नेपाललाई भेटन् उनकै निवास पुगेका थिए । नेताहरुको दौडधुप सुरु भएपनि सत्ता समिकिरणका लागि सत्तारुढ दलले नेता नेपाललाई केन्द्रमा राखेका छन् ।
















Former Home Minister Lekhak arrested
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया