सोमबार, माघ १२, २०८२

सुनको मूल्य एक लाख नजिक, चाँदीको मूल्यमा गिरावट

मेरोन्यूज २०७८ साउन ५ गते १२:०४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार हिजो सोमबारको तुलनामा आज ४०० रुपैयाँले मूल्य बढ्दा सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया