‘थ्रेट’पछि प्रचण्डको सुरक्षामा कडाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरक्षा व्यवस्था थप गरिएको छ । उनीमाथि सुरक्षा ‘थ्रेट’ बढेको भन्दै सुरक्षा व्यवस्था बढाइएको हो ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रचण्डसहित शीर्ष नेता तथा पूर्व राज परिवारको सुरक्षा व्यवस्था घटाएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै प्रचण्डको सुरक्षा बढाएको हो ।
ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा खटिएको डिएसपीलाई हटाएर नेपाल प्रहरीका सईको नेतृत्वमा सुरक्षाकर्मी खटाएको थियो । यससँगै प्रचण्डले आफ्नो सुरक्षालाई ध्यान दिँदै पूर्व लडाकुको टोली थप सुरक्षामा खटाएका थिए ।
देउवा नेतृत्वको सरकारले प्रचण्डलाई पुनः डिएसपीकै नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । डिएसपी प्रचण्डको अंग रक्षकका रुपमा हुनेछ । गृह मन्त्रालयका अनुसार प्रचण्डले आफूलाई डिएसपी कमाण्डको सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
















मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया