‘थ्रेट’पछि प्रचण्डको सुरक्षामा कडाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरक्षा व्यवस्था थप गरिएको छ । उनीमाथि सुरक्षा ‘थ्रेट’ बढेको भन्दै सुरक्षा व्यवस्था बढाइएको हो ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रचण्डसहित शीर्ष नेता तथा पूर्व राज परिवारको सुरक्षा व्यवस्था घटाएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै प्रचण्डको सुरक्षा बढाएको हो ।
ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा खटिएको डिएसपीलाई हटाएर नेपाल प्रहरीका सईको नेतृत्वमा सुरक्षाकर्मी खटाएको थियो । यससँगै प्रचण्डले आफ्नो सुरक्षालाई ध्यान दिँदै पूर्व लडाकुको टोली थप सुरक्षामा खटाएका थिए ।
देउवा नेतृत्वको सरकारले प्रचण्डलाई पुनः डिएसपीकै नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । डिएसपी प्रचण्डको अंग रक्षकका रुपमा हुनेछ । गृह मन्त्रालयका अनुसार प्रचण्डले आफूलाई डिएसपी कमाण्डको सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेका थिए ।















प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया