मन्त्रीमण्डल विस्तारबारे देउवा र प्रचण्डवीच बालुवाटारमा छलफल
ओली सरकारले गरेका नियुक्ति खारेज गर्नेमा सहमति, सरकार सञ्चालन संन्यत्रबारे समेत छलफल

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले संसदवाट विश्वासको मत पाएसँगै सरकार विस्तारको तयारीमा लागेका छन् । प्रधानमन्त्री देउवा र सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीमण्डल विस्तारबारे करिव दुई घण्टा छलफल भएको छ ।
छलफल सेकर केही वेर अगाडी मात्रै प्रचण्ड बालुवाटारवाट निवास फर्केका छन् । कोटेश्वरमा सत्ता गठवन्धनकै अर्का सहयात्री एमाले नेता माधव नेपालसँग भेट गरेर प्रचण्ड विहान पौने ११ बजे बालुवाटार पुगेका थिए । उनी एमाले अध्यक्ष ओलीसँग नेकपामै रहदा गत पुस ५ यता प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छिरेका थिएनन ।
विहान कोटेश्वरमा एमाले बरिष्ठ नेता माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त भेटवार्ता गरेर प्रचण्ड बालुवाटार गएका थिए ।
देउवा २९ असारमा सर्वाेच्च अदाललते संसद पूर्नस्थापना पछि परमादेशका आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
त्यसपछि उनले सोही दिन माओवादी केन्द्र र आफ्नै पार्टी कांग्रेसका दुई दुई जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यसपछि उनले आइतबार संसदमा विश्वासको मत लिएका थिए ।
देउवाले प्रधानमन्त्री सहित आफनो पार्टीमा ८ मन्त्रालय राख्न चाहेका छन् । तर सत्ता गठवन्धनदललाई मिलाउन दवाव परेमा उनले एउटा मन्त्रालय छोडेर आफुसाग प्रधानमन्त्री सहित ८ मनत्रालय भने राख्ने वताईसकेका छन् । त्यो संख्याभित्र रामचन्द्र पौडेल पक्षलाई दुई, कृष्णप्रसाद सिटौला पक्षलाई १ र अरु ४ मन्त्रालय आफनो पक्षका नेताहरुलाई दिन देउवाले खोजेका छन् ।
तर पौडेल पइाले उपप्रधानसहित कम्तीमा ४ मन्त्रालय आफनो पक्षका नेताले पाउनुपर्ने जिकिर गरिरहेको छ । उपप्रधान पाए महामन्त्री डा शसांक कोइराला, प्रकाशमान सिंह या सुजाता कोइरालामध्येवाट एक जनालाई लैजाने पौडेल पक्षको तयारी छ ।
सोमबार मात्रै महामन्त्री डा शसांकको महाराजगञ्जस्थित निवासमा भएको छलफलमा पौडेल पक्षले उपप्रधानमन्त्रीमा दावी गर्ने र त्यो पाएमा डा शसांक , प्रकाशमान या सुजातामध्ये एक जनालाई पठाउने वारेमा छलफल गरेको थियो ।
तर पौडेल पक्षले भने जस्तो ४ ओटा मन्त्रालय दिन नसकिने र सत्ता गठवन्धन दलका अन्य नेतालाई पनि चित्त वुझाउनु पर्ने भएकाले अहिलेलाई दुई जनाको नाम सिफारिस गर्न देउवाले पौडेल पक्षलाई आग्रह गरिरहेको खुलेको छ ।
माओवादी केन्द्रलाई देउवाले ६ मन्त्रालय दिने तयारी गरेका छन् । त्यसकारण देउवाले थप ४ मन्त्रीको नाम प्रस्ताव गर्न प्रचण्डसँग आग्रह गदै आएका छन् । तर प्रचण्डले आफनो पार्टीलाई कम्तीमा काग्रेसले लिने सरहको मन्त्रीको संख्या भागवन्डा लगाउन माग गरिरहेका छन् । त्यसो नहुदा पनि कम्तीमा ७ मनत्रालय माओवादीलाई दिन प्रचण्डको प्रस्ताव छ ।
विहान प्रधानमन्त्री देउवासँग भएको भेटवार्तामा पनि प्रचण्डले कांग्रेस र मााओवादीले बारबरी मन्त्रालय भागवन्डाको प्रस्ताव गरेका थिए । त्यसो नभएपनि काग्रेसभन्दा एउटा मात्रै मन्त्रालय कम हुने गरी भागवन्डा टुंगो लगाउनु पर्ने प्रचण्डको प्रस्ताव छ ।
सरकारलाई विश्वासको मत दिएको नेकपा एमालेकै माधव नेपाल पक्षलाई पनि देउवाले ५ ओटा मन्त्रालय दिने तयारी गरेका छन् । तर माधव नेपाल समुह सरकारमा जाने/नजानेमा केही खुलेको छैन । यो समुहलाई एमालेले आज वस्ने केन्द्रीय समिति बैठकबाट के निर्णय लिन्छ, त्यही आधारमा मात्र ठोस निश्कर्षमा पुग्ने तयारी भएको छ ।
तर नेपाल समुहलाई पनि सरकारमा आएरै सहयोग गर्न देउवाले प्रस्ताव गरिसकेका छन् । आज विहानै मात्र पनि नेपालसँगको भेटमा प्रचण्ड र उपेन्द्र यादवले नेपाल समुहलाई अव सरकारमा आएरै सहयोग गर्न आग्रह गरेको वताईएको छ । यद्यपी यो छलफलका अन्य विषयहरु अझै गोप्य राखिएको छ ।
नेपाल समुहमा सरकारमा जाने विषयमा आन्तरिक छलफल भने चलेको छ । उस्तै परे नेपाल समुहवाट उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा देउवा नेतृत्वको सरकारमा पठाउने विषयमा पनि भित्री छलफल भने चलेको छ ।
यद्यपी, नेपालले दुई दिन जति आफुलाई पर्खिन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसग आग्रह गरेको बताइन्छ । नेपाल समुहका नेताहरुको आजै दिउसो पनि अवको रणनीति र सरकारको सहभागिता विषयमा छलफल गर्न भेला बस्दैछ ।
देउवाले जसपाको उपेन्द्र पक्षलाई ४ या ५ मन्त्रालय दिने तयारी गरेको बताईएको छ । तर उपेन्द्र पक्षले आफुसाग अहिले सांसदको संख्या वढेर २० पुगेकोले कम्तीमा ६ मन्त्रालय दिनुपर्ने माग गरिरहेको बताईएको छ । अझ जसपाको उपेन्द्र पक्षका नेताहरुको वटमलाइन ७ मन्त्रालय छ । जसपा नेता डम्बर खतिवडाका अनुसार शक्तिशाली, विकास र सामाजिक समूहका मन्त्रालयमध्ये गठबन्धन दलहरूबीच कम्तीमा एकरएकवटा भागबन्डा गर्ने सैद्धान्तिक छलफल भएको छ ।
त्यही आधारमा मन्त्रालय भागवन्डाको तयारी भएको खतिवडा बताउँछन् ।
एपेन्द्र पक्षले नेपाल समुह सरकारमा सहभागी नभए आफनो पक्षलाई मन्त्रालयको संख्या थप गर्नुपर्ने अडान पनि लिईरहेको छ ।
सरकारलाई अन्तिम समयमा आएर विश्वासको मत दिएको महन्थ ठाकुर पक्षले पनि सरकारमै गएर सहयोग गर्न चाहेको खण्डमा उपेन्द्र पक्षलाइृ छुट्टाएको मन्त्रालयभित्रैवाट ब्यवस्थापन गर्न देउवाले खोजेका छन् ।
तर सत्ता गठवन्धनका यी दलहरुका वीचमा मन्त्रालयको संख्याको भागवन्डा र मन्त्रालय टुग्गो लागिसकेको छैन ।
आजको वालुवाटार छलफलमा प्रचण्ड र प्रधानमन्त्री देउवाका वीचमा यिनै विषयमा केन्द्रीत रहेर कुराकानी शुरु भएको माओवादी स्रोतले बताएको छ ।
तर अझै टुग्ग्निसकेको माओवादीका एक नेताले बताए ।
प्रधानमन्त्री देउवासँगको आजको भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयामा केन्द्रीत रहेर भेट गरेको दाहालको सचिवालयले बताएको छ । देउवा र प्रचण्ड वीचको भेटवार्तामा अघिल्लो ओली सरकारले संसद विघटन पछि लिएका सवै नियुक्तिहरु खारेज गर्नेमा सहमति बनेको छ । आजको छलफलले ति नियुक्तिहरु सवै खारेज गरेर जाने विषयमा सहमति जुटाएको हो । त्यसका अतिरिक्त दुवै नेताका वीचमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिदाको अवस्थाका बारेमा पनि सामान्य समिक्षा भएको थियो । माधव नेपाल समुहको निर्णय पनि कुर्ने र त्यही वीचमा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने , त्यसवीचमा मन्त्रालय भागवन्डा पनि टुग्याउने गरी जाने विषयमा छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।
प्रचण्ड सरकार सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सत्ता सहयात्री दलका शीर्ष नेता रहेको उच्चस्तरीय राजनीतिक संन्यत्र निर्माण गरेर जानुपर्ने र त्यसको दिशा निर्देशका आधारमा सरकारले काम गर्नुपर्ने पक्षमा छन् ।
त्यसमा माधव नेपाल र उपेन्द्र यादव पनि सहमत देखिएका छन् । तर प्रधानमन्त्री देउवाले यस विषयमा अझै सोचौला भनेर जवाफ दिएको स्रोत बताउँछ ।

















वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया