शनिबार, पुष १२, २०८२

खुकुरी प्रहार गरी ६५ बर्षिय महिकर चौधरीको हत्या

मेरोन्यूज २०७८ साउन ६ गते ९:३०

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ उतराइ टोलमा एक वृद्धको हत्या भएअको छ । ६५ बर्षिय महिकर चौधरीको आज खुकुरी प्रहार गरि हत्या गरिएको हो ।

चौधरीलाई उनकै घरमा काम गर्ने त्रियुगा नगरपालिका–१३ पोर्ताहाका ४५ बर्षिय किसन सदाले सामान्य बिवादको कारण खुकुरी प्रहार गर्दा चौधरीको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताए ।

चौधरिको हत्या गर्ने सदालाई प्रहरीले नियन्त्रमा लिइ थय अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक गौतमले बताए । सदालाई अहिले जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया