चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी आज सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
आज बुझाइएका ६० वटासहित १८१ वटा सवारीसाधन गत साउनयता ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाइसकेको छ । साथै चोरीका १३ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए।
आफनो सवारी साधन भेटिएपछि केही सवारीधनीले प्रहरी प्रमुखलाई केकदेखि लड्डुसम्म खुवाएका थिए भने केहीले खादा लगाइदिएर सम्मान गरे ।
चालु आर्थिक वर्षमा ४१७ वटा र आव २०८१/८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।











छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया