८१ किलो गाँजासहित एक युवक पक्राउ

काठमाडौं । मकवानपुर जिल्लाको मनहरीबाट ८१ किलो लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीबाट प्रहरीले ८१ किलो ३ सय ५० ग्राम लागुऔषध गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष ४२ को बाबुराम नेगीलाई पक्राउ गरेको हो ।
सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बुधबार विहान २ः४५ बजेको समयमा उक्त ट्रकबाट सो परिमाणमा लागु औषध गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।
ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।











प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती
बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया