प्रधानमन्त्री देउवालाई जनस्वास्थ्य विज्ञहरुले दिए कोभिड व्यवस्थापनका १८ बुँदे सुझाव (पुर्णपाठ)

काठमाडौं । नेपालका जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पेश गरेका छन्। ने१६ जना जनस्वास्थ्यविद्हरुले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उक्त सुझाव दिएका हुन्।
उच्च स्तरीय कोभिड १९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउनुपर्ने उनीहरुको माग छ।
घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफैँ गर्ने’क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको सुझाव पत्रमा उल्लेख छ। स्वास्थ्यकर्मीहरुको नैतिक र उत्प्रेरणा उच्च राख्नुपर्ने, १८ वर्षभन्दा माथिकालाई यथाशिघ्र खोप लगाउनुपर्ने र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्धरअसाह्य मैत्री तथा कम भीडभाड हुने गरी खुल्ला ठाउँमा व्यवस्थापन गर्न उनीहरुको सुझाव छ।
आवश्यक औषधि तथा अक्सिजन आपूर्ति। प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न जरुरी रहेको र संक्रमण देखिएकाहरुलाई होम आइसोलेसनमा वा संस्थागत आइसोलेसनमा बस्दा टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य एकाई सेवा सञ्चालन गर्न उनीहरुको सुझाव छ। अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि प्रधानमन्त्री देउवालाई उनीहरुको सुझाव छ।















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया