माधव पक्षको निष्कर्ष : स्पष्टीकरण सोध्ने कामले भाँजो हाल्यो

काठमाडौँ । नेकपा एमाले नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने भएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकबाट निस्किँदै स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकतामा जोड दिएको जानकारी दिएका हुन् ।
‘एकता प्रक्रियाअगाडि बढाउनु पर्छ, एकतामा सबैले जोड दिनुपर्छ भन्ने भनाई रह्यो,’ बैठकपछि निस्किँदै पन्तले भने । उनले १० बुँदे प्रस्ताव तयार पारेको अवस्थामा स्पष्टीकरण सोध्ने र नेता नेपालको पुत्ला जलाउने विषय तत्काल रोक्ने छलफल भएको जानकारी दिए ।
बैठकले स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हालेको निष्कर्ष निकालेको छ । अदालतको फैसलासँगै सांसदको विवेक प्रयोग गर्न पाउने भएपछि स्पष्टीकरणको कुनै अर्थ नभएको नेता पन्तले बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका थिए । सोही कारणले नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो ।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया