टाउकोमा गोली प्रहार गरी युवकको हत्या
मेरोन्यूज
२०७८ साउन ७ गते ११:५५
काठमाडौँ । भरतपुर महानगरपालिका १७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए ।
बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताए । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया