पत्रकार महासंघ यूकेद्वारा ५ लाख सहयोग

लण्डन । कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासंघ यूके शाखाले सङ्कलन गरेको पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही २० हजार रुपैयाँका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको छ ।
‘सो रकम लेखन वृत्ति’ नाममा पत्रकार महासंघ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको छ । सोही निर्णय बमोजिम उठेको पाँच लाख १६ हजार रुपैयाँ पत्रकार महासंघ केन्द्रीय समितिको बैंक खातामा जम्मा गरिसकेको युके शाखालो जनाएको छ ।
गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
सहयोग सङ्कलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरू दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो ।
हाल कोरोनाबाट सङ्क्रमित भएका पत्रकार र तिनको परिवारलाई लक्षित गरिए पनि तमाम पत्रकारलाई कुनै न कुनै रूपमा महासङ्घ यूकेको शाखाले जोड्ने योजना रहेको शाखाले जनाएको छ ।
















दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, यस्ता छन् अफर
सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया