कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्दै, आसन्न १४ओं महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ । बैठकमा आसन्न १४ औं महाधिवेशनको तयारी र विवादित बनेको क्रियाशील सदस्यताका विषयमा छलफल हुने बताइएको छ ।
बैठक अहिले केहीबेरमा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीका बैठक वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने बताएसँगै बैठक बुढानिलकण्ठस्थित निजी निवासमा बस्न लागेको हो ।
पार्टी कार्यालयमा विभन्न माग राखेर कार्यकर्ता अनसनमा बसेपछि कांग्रेसलाई बैठक राख्न सकस भएको हो ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने यसअघि नै तय भएको छ । यद्धपी निर्धारित कार्यतालिका अनुसार क्रियाशील सदस्यताको विवाद तोकिएको समयमा टुङ्ग्याउन नसक्दा कार्यतालिका प्रभावित हुने देखिएको छ ।
















माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया