भीम रावलले लिए राजीनामा फिर्ता
मेरोन्यूज
२०७८ साउन ८ गते १३:०७

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका हुन् ।
उपाध्यक्ष रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन रावलले प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए । उनी अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
उनको राजीनामालाई लिएर एमालेका दुवै पक्षले रावललाई आग्रह गर्दै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया