डोबाटे विश्वकर्माको मन्त्रीमा नाम काटिएकोमा शेखर कोइरालाको आपत्ति
शेखर भन्छन् : काग्रेसले अव दलित समुदायमा कुन मुखले भोट माग्न जाने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारमा दलित प्रतिनिधित्व टुटाएर पार्टीले अक्षम्य भुल गरेको बताएका छन् । उनले आइतबार एक विज्ञेप्ती जारी गदै लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने र जान पनि नहुने भन्दै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण भएको वताएका हुन् । ‘पार्टीले गरेको अक्षम्य भुल हो। दलित समुदायप्रतिको अपमान हो,’ डा शेखरले भनेका छन् ।
सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको पनि उनले बताएका छन् । ‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ’ कोइरालाले भनेका छन्,-भोलि कुन मुखले उनीहरुको अगाडि जाने रु यो हेक्का राख्नु पर्दैन रु कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो रु सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।’
वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ काग्रेसले समाजलाई दिनुपर्ने कोइरालाले बताए ।
‘यसलाई तुरुन्त सच्याउनु जरुरी छ । भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं । ’ डा कोइरालाले भने ।
काग्रेसले गढण्डकी प्रदेश सरकार विस्तारका क्रममा तनहुँका डोबाटे विश्वकर्माको नाम पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री कोइरालाको दबाबमा शनिबार अन्तिम समयमा काटिएको थियो । शपथका लागि घरबाट हिँडेका डोबाटे पोखरा नपुग्दै उनको ठाउँमा जग्गा व्यवसायी बिन्दुकुमार थापाले शपथ लिएका थिए ।
त्यसपछि कांग्रेसको चौतर्फी आलोचना हुन थालेपछि शेखरले मुख खोलेका हुन् ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया