संसदीय समितिमा माधव नेपाल र ओली पक्षबीच विवाद
माधव नेपालसँग ओली पक्षका सांसद नरादमुनि रानाको झोक्काझोक्की, माधव नेपालले भने, ‘प्रतिगमनका मतियार बाहिर जानुस् ।’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रको विवाद संसदको संसदीय समितिभित्र प्रवेश भएको छ । एमालेकै सांसदहरू बीचमा संसदीय समिति बैठकमै आरोप–प्रत्यारोप नै चलेको छ ।
आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छ, त्यस्तै । समिति सभापति एमालेकै छन् । समिति बैठकमा झगडा गर्ने र घोचपेज गर्ने सांसदहरू पनि एमालेकै छन् । समिति सभापति पवित्रा निरौला छिन । संसद पुनः स्थापनापछि यो समितिको पहिलो बैठक सिंहदरबारस्थित संसद सचिवालयको भवनमा बस्दै थियो ।
त्यही समितिमा छन्, एमालेका वरिष्ठ नेता माधव नेपाल । नेपाल समितिको बैठकमा सहभागी भएका थिए । शुरुमा नेता नेपालले संसद पुनः स्थापना भएको र त्यसको लागि भूमिका खेलेका सांसदहरूप्रति धन्यवाद व्यक्त गरेका थिए ।
त्यसपछि बोलेका एमालेकै सांसद नारादमुनि रानाले वरिष्ठ नेता नेपालमाथि कटाक्ष गरे । राना ओली पक्षका सांसद हुन् । उनलाई ओलीले संसद विघटनपछि मन्त्रीसमेत बनाएका थिए ।
सर्वोच्च अदालतले संसद विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने फैसला दिएपछि उनको पद केही सातामै गुमेको थियो । उनै सांसद रानाले कांग्रेस नेतृत्वको अहिलेको सरकार संसदले नबनाएको भन्दै अदालतको परमादेशले सरकार बनाएको आरोप लगाएका थिए ।
व्यक्ति मात्र उनले बोल्दासम्म संसदीय समितिमा नेताहरूले खासै आरोप/प्रत्यारोपको मुड बनाएका थिएनन् । तर, जब रानाले आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले यसको जिम्मेवारी लिनुपर्छ भनेर अभिव्यक्ति दिए ।
त्यसपछि त संसदमा एमालेकै सांसदहरुका वीचमा घोचपेज, झोक्काझोृक्की र आरोप/प्रत्यारोप शुरु भइहाल्यो । शुरुमा एमाले सांसद दीपकप्रकाश भट्ट सांसद नारदमुनि रानामाथी खनिए । त्यसपछि नेता नेपाल पनि बोल्न थाले । रानाको अभिव्यक्तिमा आक्रोशित शुदै नेता नेपालले भट्टकै बोलीमा आफनो बोली मिसाउँथे भने, ‘प्रतिगमनका मतियारहरूले संसदमा बस्ने अधिकार राख्दैनन, बाहिर जानुस् ।’
















सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
प्रधानन्यायाधीशसँग कानुनमन्त्री सोविता गौतमकाे भेट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया